समृद्ध र सुशासन रातारात आउँदैन : हरि ढकाल
nepalnews.com · Sun Aug 09 11:47:44 GMT 2026

काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समिति सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताएका छन्।
ललितपुरमा आइतबार आयोजित नेपाल सुशासन सम्मेलन कार्यक्रममा मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा उनले देश एकैपटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गरे। उनले अहिलेको आवश्यकता एक-अर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र विश्वास जगाउने खालका बहस पैरवी गर्नु रहेको बताए।
Read full story at source (nepalnews.com)