चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडक किनारका झाडी सफाइ सुरु
bishowkhabar.com · Sun Aug 09 11:48:03 GMT 2026

काठमाडौं– भरतपुरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने सडक किनारमा बढेका झाडी सफाइ गर्न सुरु गरिएको छ। वर्षायाममा सडकको दायाँबायाँ झाडी बढ्दा वन्यजन्तु लुकेर बस्ने, यात्रु तथा सवारीसाधनमाथि आक्रमणको जोखिम बढ्ने भएकाले सफाइ अभियान सुरु गरिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्ज, स्थानीय तह र सडक डिभिजन कार्यालयको समन्वयमा कसरा चोकदेखि रिउखोलासम्म झाडी फँडानी गरिनेछ।
Read full story at source (bishowkhabar.com)