सुदूरपश्चिम फर्किए जैब
baahrakhari.com · Sun Aug 09 11:48:49 GMT 2026
काठमाडौं । इंग्लिस अलराउन्डर सेफ अली जैब सुदूरपश्चिम रोयल्स फर्किएका छन् । सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि पहिलो विदेशी खेलाडीका रूपमा जैबलाई भित्र्याएको हो ।
एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले ९ खेलमा दुई अर्धशतकसहित २७५ रन बनाउनुका साथै १२ विकेट लिएका थिए ।
Read full story at source (baahrakhari.com)