सानै उमेरमा सांगीतिक पहिचान बनाउँदै सुवासना, ‘भ्वाइस किड्स’को फाइनल यात्रामा
ratopati.com · Sun Aug 09 12:04:54 GMT 2026

काठमाडौँ । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ सिजन ५ उत्तरार्धतिर पुग्दैछ । फाइनलमा प्रत्येक कोचको टिमबाट पुग्ने ‘ट्यालेन्ट’ पनि तय भइसकेका छन् । त्यसमध्येकी एक हुन् भक्तपुरकी सुवासना खड्का केसी ।
विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा कक्षा ७ मा अध्ययनरत् सुवासना ११ वर्षको कलिलो उमेरमै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने प्रयासमा छिन् । ‘भ्वाइस किड्स नेपाल सिजन ५’ मा उत्कृष्ट प्रस्तुति, निरन्तर मेहनत र दर्शकको अपार मायाले उनी फाइनलमा प्रवेश गर्न सफल भएकी छन् । उनी कोच वाङ्देन शेर्पाको टिमबाट प्रतिस्पर्धामा छिन् ।
Read full story at source (ratopati.com)