रामराज्य परिषद्को माग- विदेशी नागरिकलाई नागरिकता वितरण रोक, खुला सीमामा काँडेतार लगाऊ
kendrabindu.com · Sun Aug 09 12:00:08 GMT 2026

काठमाडौं। रामराज्य परिषदले वर्तमान सरकारले ‘एक चीन नीति’लाई भंग गरेको आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी दुर्गा प्रसाई र धवल शमशेर राणाको दर्शनविहीन पार्टीले लक्ष्य हासिल गर्न नसक्ने ठोकुवासमेत गरेको छ ।
रामराजय परिषदका धर्माध्यक्ष जगतबहादुर थापाले नेपालको स्वाधीनता र सार्बभौमिकताको रक्षाका लागि ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहन सचेत गराएका छन् । बालेन सरकारले तिब्बतीयनलाई नागरिकता, दलाई लामाको जन्म उत्सव, फ्री तिब्बत सम्मेलनलगायतका गतिविधिले ठूलो प्रश्न उब्जाएको थापाको कथन छ ।
Read full story at source (kendrabindu.com)