निर्माणाधीन कुटमेश्वरी पुल अलपत्र, यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य
bishowkhabar.com · Sun Aug 09 12:02:32 GMT 2026

काठमाडौं– हुलाकी सडकअन्तर्गत जनकपुर–भिठ्ठामोड सडकमा पर्ने महोत्तरी गाउँपालिका–१ पर्सास्थित निर्माणाधीन कुटमेश्वरी पुल लामो समयदेखि अलपत्र हुँदा स्थानीयवासी र यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
सडकको अधिकांश भाग निर्माण सम्पन्न भए पनि बिगही खोलामाथिको पुल अधुरै रहेकाले वैकल्पिक डाइभर्सनमार्फत आवतजावत भइरहेको छ। स्थानीय सुरेश साहका अनुसार बालुवा र माटोले बनाइएको डाइभर्सन साँघुरो र जीर्ण बनेको छ, जसका कारण दैनिक रूपमा लामो जाम हुने गरेको छ ।
Read full story at source (bishowkhabar.com)