हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री शाह
lokaantar.com

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी नदीमा आएको बाढी सामान्य प्रकृतिको नभएको बताउँदै हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै विपद्को जोखिम बढ्दै गएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सोमबार जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढी प्रभावितको खोज, उद्धार, उपचार, राहत तथा सुरक्षित व्यवस्थापनमा सरकार सक्रिय रहेको बताए। प्रभावित क्षेत्रमा आफ्नो ज्यानको समेत पर्वाह नगरी खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवी संस्था तथा आम नागरिकको भूमिकाको उनले प्रशंसा गरे।
Read full story at source (lokaantar.com)