गाडी चलाउँदै फोन गर्ने श्रीमान्लाई ट्राफिक कारबाही, श्रीमतीकै टिकटक भिडिओ बन्यो प्रमाण
techpana.com · Sun Aug 09 12:15:11 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालमा चर्चा कमाउन बनाइएको एक टिकटक भिडिओ पोखराका एक व्यवसायीका लागि महँगो साबित भएको छ । श्रीमतीले बनाएको टिकटक भिडिओमा लापर्बाहीपूर्वक सवारी चलाउँदै फोनमा कुरा गरिरहेको देखिएपछि कास्की जिल्ला ट्राफिक प्रहरीले व्यवसायी युवराज खतिवडालाई कारबाही गरेको हो ।
कास्की ट्राफिकले जनचेतना फैलाउने उद्देश्यले उक्त भिडिओ आफ्नो आधिकारिक फेसबुक पेजमा राखेपछि यो विषय अहिले भाइरल बनेको छ । कारबाहीमा परेपछि व्यवसायी खतिवडाले भिडिओमा भनेका छन्, "अञ्जानमा मोबाइल फोन प्रयोग गरेको रहेछु, अबदेखि यस्तो गल्ती गर्ने छैन र अरूलाई पनि नगर्न आग्रह गर्दछु ।"
Read full story at source (techpana.com)