लन्डनप्रति घट्दो आकर्षण, एक वर्षमा ४ लाख २० हजारले छाडे
onlinekhabar.com · Sun Aug 09 12:35:54 GMT 2026

लन्डन । बेलायतको राजधानी लन्डनलाई दशकौँदेखि अवसरको शहर मानिँदै आएको छ । राम्रो रोजगारी, उच्च शिक्षा, विश्वस्तरीय स्वास्थ्य सेवा र अन्तर्राष्ट्रिय जीवनशैलीका कारण लाखौँ मानिसको रोजाइमा पर्ने यो शहर अहिले भने नयाँ चुनौतीको सामना गरिरहेको छ ।
हालै सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको तथ्याङ्कअनुसार, जुन २०२५ सम्म एक वर्षको अवधिमा ४ लाख २० हजार ४९२ जना मानिस राजधानी छोडेर बेलायतका अन्य शहर र ग्रामीण क्षेत्रमा बसाइँ सरेका छन् ।
Read full story at source (onlinekhabar.com)