‘समावेशी लोकतन्त्र र सामाजिक न्याय संविधानको मूल मर्म’
nepalnews.com · Sun Aug 09 12:46:31 GMT 2026

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानको मूल मर्म समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसर रहेको उल्लेख गरेका छन्। उनले त्यसअनुरूप सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् सचिवालयद्वारा काठमाडौँमा आइतबार आयोजित ‘मूल समारोह’मा यादवले यस्तो बताएका हुन्। उनले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनहरूमा आदिवासी जनजाति समुदायको ठुलो योगदान र बलिदान रहेको स्मरण गरे। लोकतन्त्र, गणतन्त्र र संघीयताको प्राप्ति आदिवासी जनजातिहरूको अधिकार प्राप्तिको संघर्षसँग गहिरो रूपमा जोडिएको उनको भनाइ थियो।
Read full story at source (nepalnews.com)