विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा
baahrakhari.com · Tue Apr 08 17:04:54 GMT 2025
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ ।
क्यानले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । सो टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन् । त्यसैगरी सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपीनप्रसाद शर्मा पनि छनोटमा परेका छन् ।
Read full story at source (baahrakhari.com)