पूर्वमन्त्री गोविन्दराज जोशीले पाए सबै कैद छुट
onlinekhabar.com · Sun Aug 09 13:02:25 GMT 2026

२४ साउन, काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीले सबै कैद छुट पाएका छन्। विशेष र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उनी अब जेल बस्नुनपर्ने भएको हो।
ज्येष्ठ नागरिकले पाउने कैद छुटको मागसहित उनले असार २४ गते निवेदन दिएका थिए। शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले कैद सजाय छुटको आदेश दिएको हो।
Read full story at source (onlinekhabar.com)