प्रधानमन्त्री-रास्वपा : बढ्दैछ छटपटी
onlinekhabar.com · Sun Aug 09 13:18:47 GMT 2026

२४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गत शुक्रबार राती राखेको फेसबुक स्टाटसमा आलोचना भएपछि शनिबार बिहान उद्योगहरूमा भइरहेको सुधारबारे अर्को तथ्य राखे । प्रधामन्त्री बालेनले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्दछ’ भन्दै अभिव्यक्ति दिएका थिए । शनिबार अर्को स्टाटस लेख्दै ‘टिमवर्क’ ले उद्योगहरूमा सुधार हुन सकेको उदाहरणहरू पेश गरेका थिए ।
शुक्रबार राति ११:०५ बजे सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनले सुधारका लागि एक्लै लड्नु परेको बताएका थिए । आम नागरिक, विपक्षी, आफ्नै दलका नेता कार्यकर्ताले सरकारको क्षमता उठाएर प्रश्न गरेपछि नागरिकलाई ढाडस दिएका थिए ।
Read full story at source (onlinekhabar.com)