एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
khabarhub.com · Sun Aug 09 13:27:35 GMT 2026

सङ्खुवासभा – नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा एक करोड २० लाख सात हजार रुपैयाँ बक्यौता उठाएको छ । शाखाले आर्थिक वर्ष २०८२/८३ मा ७७१ ग्राहकबाट उक्त बक्यौता उठाएको हो ।
प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र चार लाख रुपैयाँ भन्दा बढी बक्यौता उठाएको छ । प्राधिकरणले सदरमुकाम खाँदबारी आसपास र चैनपुर बजार क्षेत्रमा तथा विभिन्न उद्योगबाट बक्यौता उठाएको हो ।
Read full story at source (khabarhub.com)