टेस्लाको सेयर लगातार ओरालो लागेपछि मस्कको कुल सम्पत्ति २०० अर्ब अमेरिकी डलरभन्दा तल
bizmandu.com · Wed Nov 09 05:42:08 GMT 2022
इलन मस्कको कुल सम्पत्ति मंगलबार २०० अर्ब अमेरिकी डलर भन्दा तल झरेको छ। मस्क ट्वीटरमा बढी केन्द्रित भएकाले टेस्लाका लगानीकर्ताहरूले टेस्ला इन्कर्पोरेटको सेयर डम्प गरेका हुन्।
फोर्ब्सको अनुसार हाल मस्कको नेटवर्थ १९४.८ अर्ब डलर रहेको छ। मस्कको कूल सम्पत्तिको ठूलो हिस्सा टेस्लामा रहेको उनको लगभग १५ प्रतिशत सेयरबाट आउँछ, जसको बजार मूल्य ६२२ अर्ब डलर छ।
विश्वको सबैभन्दा लोकप्रिय इभी निर्माण गर्ने यस कम्पनीले आफ्नो बजार मूल्य झन्डै आधा गुमाएको छ भने मस्कले अप्रिलमा ट्वीटर खरिद गर्नको लागि बोली लगाएपछि उनको कुल सम्पत्ति ७० अर्ब डलरले घटेको छ।
यसअघि पनि मस्कले कम्तिमा १५ अर्ब डलर बराबरको स्टक शेयर बेचेपछि डुब्नु चिन्तामा लगानीकर्ताहरू टेस्लाबाट भागेका थिए। मस्कले गत महिना १३ अर्ब डलरको ऋण र ३३.५ अर्बको इक्विटी प्रतिबद्धताको साथ ४४ अर्ब डलर सम्झौता गरेका थिए।
इभी निर्माताले उत्पादन बढाउँदै लगिरहेको बेला यसरी मस्कले एकै समयमा चारैतिर हात हालेर आफैँलाई समस्यामा पारेको भन्ने चर्चा अहिले वालस्ट्रिटमा चलिरहेको छ।
इन्फ्रास्ट्रक्चर क्यापिटल म्यानेजमेन्टका जे ह्याटफिल्डले भने, ‘यस्तो देखिन्छ कि इलन मस्कले ट्विटरमा शतप्रतिशत समय बिताइरहेका छन् र यसलाई थप पूँजी चाहिन्छ।’
ट्विटर खरिद गरेदेखि, मस्कले टेस्लाको बारेमा धेरै थोरै ट्वीट गरेका छन्। यो अभ्यासले उनलाई प्लाटफर्ममा ध्यान तान्न मद्दत गरेको थियो। अहिले विश्वका सबैभन्दा धनी व्यक्तिको कुल सम्पत्ति दोस्रो सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्टभन्दा झन्डै ४० अर्ब डलर बढी छ।
Read full story at source (bizmandu.com)