साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी
barnanmedia.com · Sun Aug 09 13:26:39 GMT 2026

साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनका हुथी विद्रोहीले आइतबार दाबी गरेका छन् । साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको दाबी गरेको हो ।
हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको बताउनुभयो । उत्तरपश्चिमी यमनमा साउदी ड्रोनको घुसपैठको जवाफमा उक्त कारबाही गरिएको उहाँको दाबी छ । साउदी अरबको ऊर्जा मन्त्रालयले यसअघि जिजानस्थित रिफाइनरीको एक केन्द्रमा आइतबार बिहान आगलागी भएको र औद्योगिक सुरक्षा तथा अग्निनियन्त्रण टोलीले आगो नियन्त्रणमा लिएको जनाएको थियो ।
Read full story at source (barnanmedia.com)