प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै ढल्केवरमा मसाल जुलुस
onlinekhabar.com · Sun Aug 09 14:17:27 GMT 2026

२४ साउन, जनकपुरधाम । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै मसाल जुलुस निकालेर विरोध जनाइएको छ । ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिसहितको सहभागितामा ढल्केबर बजारमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
जुलुसमा सहभागीले ढल्केबरमै ट्रमा सेन्टर कायम गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
Read full story at source (onlinekhabar.com)