फ्याक्टचेक: अर्बौँ खर्चेर मान्छे कुकुर बनेको भन्दै नेपाल र भारतमा भाइरल भइरहेको भिडिओ एआई निर्मित
techpana.com · Sun Aug 09 14:43:43 GMT 2026

काठमाडौं । एक युवाले आफूलाई कुकुर बनाउन अर्बौं खर्चिएको दाबी सहित पछिल्ला केही दिनयता एक भिडिओ भाइरल बनिरहेको छ । २२० करोड (दुई अर्ब २० करोड)भन्दा बढी रकम खर्च गर्दै २६ वर्षीय एक जापानी युवाले आफूलाई सर्जरी गरेर कुकुर बनाएको भन्ने दाबी सहित सो भिडिओ भाइरल बनेको हो ।
तर टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानले उक्त दाबी र भिडिओ फेक भएको पाइएको छ । करिब चार वर्ष पहिला एक जापानी युवाले २१ लाख रुपैयाँ बढी खर्चिएर कुकुरजस्तै कस्टुम तयार पारेर सोही कस्टम लगाउँदै युट्युब भिडिओहरू बनाएका थिए । तर, पछिल्लो समयमा सर्जरी गरेर कुनैपनि युवाले आफूलाई नै कुकुरमा परिवर्तन गरेका घटना घटेको कुनै पुष्ट प्रमाण नै फेला परेका छैनन् । साथै विभिन्न परीक्षणबाट भिडिओ एआई टुल मार्फत बनाएको पुष्टि भएको छ । त्यसैले २२० करोड रुपैयाँ खर्च गरेर सर्जरी आफूलाई कुकुर बनाएको भन्दै सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाएको तथ्यजाँचको क्रममा पुष्टि भएको हो ।
Read full story at source (techpana.com)