महिना दिनदेखि अवरुद्ध मेची राजमार्ग : माईखोला–राजदुवाली खण्डमा पहिरोको मार
nepallive.com · Sun Aug 09 15:19:00 GMT 2026

इलाम– पूर्वी पहाडको मुख्य जीवनरेखा मानिएको मेची राजमार्ग महिना दिनदेखि अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ। विशेषगरी माईखोला–राजदुवाली खण्डमा निरन्तर खसेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द हुँदा इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत प्रभावित भएको छ।
लगातार वर्षासँगै झरेका पहिरो र सडक भासिने समस्या दोहोरिँदै गएपछि राजमार्ग सञ्चालनमा आउन सकेको छैन। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत गम्भीर असर परेको छ। एम्बुलेन्स जस्ता अत्यावश्यक सेवा समेत प्रभावित हुँदा बिरामीहरू जोखिमपूर्ण अवस्थामा यात्रा गर्न बाध्य भएका छन्।
Read full story at source (nepallive.com)