विशेष महाधिवेशनले पार्टी कमजोर बनायो : सिंह
nepalnews.com · Sun Aug 09 15:21:03 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताए।
काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा उनले आफूहरूले विगतदेखि नै विशेष महाधिवेशन नगर्न सुझाव दिँदै आए पनि त्यसलाई बेवास्ता गर्दा अहिले पार्टी कमजोर र विभाजनको अवस्थामा पुगेको दाबी गरे। उनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि विशेष महाधिवेशन उपयुक्त बाटो नभएको आफ्नो पक्षको धारणा रहेको तर, त्यसविपरीत विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइएपछि कांग्रेस थप विवाद र विभाजनतर्फ गएको बताए।
Read full story at source (nepalnews.com)