इजरायलले गाजाका लागि अघि सारेको ट्रम्पको १५ बुँदे योजना अस्वीकार गर्ने
ratopati.com · Sun Aug 09 15:21:20 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि अघि सारेको १५ बुँदे योजना इजरायलले अस्वीकार गरेको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् । हमासलाई ‘वास्तविक रूपमा’ निशस्त्र नपारिएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने उनले स्पष्ट पारेका छन् ।
ट्रम्पको ‘बोर्ड अफ पीस’ले गत महिना गाजामा हमास र अन्य सशस्त्र समूहको ‘पूर्ण निशस्त्रीकरण’ सम्बन्धी सहमति भएको जनाएको थियो । तर हमासले आफ्ना भारी हतियार हस्तान्तरण गर्ने विषय इजरायलले ‘सबै प्रकारका आक्रमण’ अन्त्य गर्ने र गाजाबाट आफ्ना सेना फिर्ता लैजाने सर्तसँग जोडिएको बताएको थियो । गत अक्टोबरमा गाजामा प्रारम्भिक युद्धविराममा सहमति भएयता पनि इजरायलले त्यहाँ आक्रमण जारी राखेको छ ।
Read full story at source (ratopati.com)