बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
onlinekhabar.com · Mon Aug 31 17:12:27 GMT 2026

१५ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१० स्थित एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले जानकारी दिए।
उनका अनुसार शवको संख्या भने एकिन भइसकेको छैन। ‘हो, बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ। यद्यपि पानी परेको र राति पनि भइसकेका कारणले शव कतिवटा छन् भन्ने एकिन भने भइसकेको छैन,’ एसपी रेग्मीले अनलाइनखबरसँग भने।
Read full story at source (onlinekhabar.com)