निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग
arthadabali.com · Sun Aug 09 15:40:21 GMT 2026

काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गर्दै सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुला पत्र पठाउँदै बेलायती गोर्खा तथा बेलायतसहित विश्वभर रहेका नेपाली समुदायको तर्फबाट यस्तो माग गरेका हुन्। पत्रमा पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका निर्मल पुर्जा तथा उनीसँगै ज्यान गुमाएका अन्य पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।
Read full story at source (arthadabali.com)