पिलुवा सबस्टेसनमा प्राविधिक समस्या : काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध
ratopati.com · Sun Aug 09 16:03:57 GMT 2026

काठमाडौँ । बाराको पिलुवा सबस्टेशनमा नयाँ १३२र३३ केभी, १०० एमभीए पावर ट्रान्सफर्मर जडान गर्ने कार्य भइरहेका बेला १३२ केभी साइडमा तार पर्न गई प्राविधिक समस्या उत्पन्न भएको छ ।
साँझको समयमा लाइट जडान गर्ने क्रममा तार १३२ केभी साइडमा परेपछि १३२ केभी प्रणालीमा समस्या आएको हो। त्यसका कारण काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको हो । ठेकेदारका प्राविधिकहरूबाट ट्रान्सफर्मर जडानसम्बन्धी काम भइरहेको क्रममा उक्त घटना भएको हो ।
Read full story at source (ratopati.com)