तीज मनाउन सङ्कलित रकम बाढीपीडितलाई
ratopati.com · Mon Aug 31 17:21:05 GMT 2026

झापा । अमर आस्था महिला सोसाइटी, भद्रपुरले हरितालिका तीज पर्वका लागि सङ्कलन गरेको रकम भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेको छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ठुलो जनधनको क्षति भएपछि यस वर्ष तीज पर्व मनाउन सङ्कलित रकम विपद् प्रभावितको राहतका लागि सहयोग गर्ने निर्णय गरेको छ । सोसाइटीले आज रु ११ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष चन्द्रमाया श्रेष्ठले जानकारी दिइन् ।
Read full story at source (ratopati.com)