सद्भाव र शान्ति कायम राख्न धार्मिक अगुवाहरूको सामूहिक प्रतिबद्धता
baahrakhari.com · Sun Aug 09 16:28:05 GMT 2026

सुनसरी । शान्ति, सद्भाव र आपसी भाइचारा कायम राख्न विभिन्न धार्मिक सम्प्रदायका धर्मगुरु तथा सामाजिक अगुवाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबारआयोजित संयुक्त भेलामा सहभागी हिन्दु, मुस्लिम, इसाई र बौद्ध धर्मका अगुवाहरूले समाजमा शान्तिपूर्ण वातावरण कायम गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार, देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा यही साउन १० गते राति भएको घटनापछि उत्पन्न संवेदनशील अवस्थालाई मध्यनजर गर्दै बैठक आयोजना गरिएको हो ।
Read full story at source (baahrakhari.com)