ओटीटी प्रसारण सेवा सञ्चालनको लाइसेन्स पाउने पहिलो नेपाली प्लेटफर्म बन्यो नेटटिभी
corporatenepal.com · Tue Jun 30 03:57:44 GMT 2026

काठमाडौं । नेट टिभी प्रालिले नेपाल सरकारबाट ओटीटी (ओभर–द–टप) प्रसारण सेवा सञ्चालनका लागि आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ। कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट उक्त लाइसेन्स प्राप्त गरेको जनाएको छ । कम्पनीका अनुसार यससँगै नेटटिभी नेपाल सरकारबाट आधिकारिक ओटीटी प्रसारण लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली डिजिटल प्लेटफर्म बनेको छ।
नेटटिभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरन राजभण्डारीले उक्त लाइसेन्स प्राप्त हुनु कम्पनीका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै यसले नेपालको डिजिटल मनोरञ्जन क्षेत्रलाई थप व्यवस्थित र विश्वसनीय बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । कम्पनीले सन् २०१७ मै नेटटिभी ओटीटी एप सञ्चालनमा ल्याएको थियो । साथै, नेटटिभी नेपालकै पहिलो आईपीटिभी सेवा प्रदायकका रूपमा पनि परिचित छ। कम्पनीले सुरुदेखि नै भिडियो स्ट्रिमिङ तथा डिजिटल कन्टेन्टको विकासमा काम गर्दै आएको जनाएको छ।
Read full story at source (corporatenepal.com)