भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
nepalnews.com · Tue Jun 30 04:13:11 GMT 2026
झापा। जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मनसुनी गतिविधि बढेर मेघगर्जन र चट्याङसहित ठूलो वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबानको जोखिममा रहेका सर्वसाधारणलाई सचेत रहन विशेष आग्रह गरेको छ।
Read full story at source (nepalnews.com)