कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते
kalakarmi.com · Tue Jun 30 04:18:31 GMT 2026

कपिलवस्तु- कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते भएका छन् । महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रा.लिद्वारा सञ्चालित बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ ।
Read full story at source (kalakarmi.com)