आईपीएलमा पञ्जाबको तेस्रो जित, चेन्नईको चौथो हार
onlinekhabar.com · Tue Apr 08 17:50:21 GMT 2025
२६ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्सले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई १८ रनले हराउँदै पञ्जाबले चार खेलमा तेस्रो जित निकालेको हो ।
पञ्जाबले दिएको २२० रनको बलियो लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनायो । डेभन कनवेले सर्वाधिक ६९ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनी १८औं ओभरमा रिटायर आउट भए ।
Read full story at source (onlinekhabar.com)