पहिरोले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
baahrakhari.com · Tue Jun 30 04:24:13 GMT 2026

दार्चुला । दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सोमबार (असार १५) रातिको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन रोकिएका छन् । प्रहरीले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।
Read full story at source (baahrakhari.com)