फ्रान्समा मात्रै गर्मीले १ हजार बढीको मृत्यु
rajdhanidaily.com · Tue Jun 30 04:29:34 GMT 2026
पेरिस । युरोप हाल रेकर्ड तोड्ने गर्मीको चपेटामा परेको छ। दक्षिणपश्चिम युरोपबाट सुरु भएको यो गम्भीर गर्मीको लहर अहिले पूर्वी युरोपसम्ममा फैलिएको छ, जसले दैनिक नयाँ तापक्रम रेकर्डहरू कायम गरिरहेको छ। फ्रान्स, इटाली, स्पेन, पोल्याण्ड, चेक गणतन्त्र र लिथुआनियालगायत धेरै युरोपियन देशहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
यस तातो हावाको लहरका कारण हालसम्म युरोपमा कम्तीमा १,३०० जनाको ज्यान गइसकेको छ, जसमा फ्रान्समा मात्रै १,००० भन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्बजनिक भएको छ। विश्व स्वास्थ्य संगठनले यो संख्या अझ बढ्न सक्ने चेतावनी दिएको छ किनकि अस्पताल र घरहरूमा भएका मृत्युसम्बन्धी पूर्ण विवरणहरू आउन बाँकी नै रहेको छ ।
Read full story at source (rajdhanidaily.com)