देशका विभिन्न भागमा मध्यरातमा वर्षा जारी: गोरखा, नुवाकोट र धादिङसहितका जिल्लामा सतर्क रहन आग्रह
ratopati.com · Mon Aug 31 17:55:52 GMT 2026

काठमाडौँ । सोमबार मध्यराति नेपालका विभिन्न जिल्लाहरूमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नुवाकोट, धादिङ, गोरखा, चितवन, सिन्धुपाल्चोक र लमजुङ लगायतका जिल्लाहरूमा वर्षा भइरहेको छ ।
पछिल्लो एक घण्टाको तथ्याङ्कअनुसार गोरखाको एग्रोमेट स्टेसनमा सबैभन्दा धेरै १७.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । हाल देशभरकै मौसममा बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ । यस्तै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
Read full story at source (ratopati.com)