झापामा अध्यक्ष ओलीका सात दिन : ८० वटा टोलमा मतदातासँग साक्षात्कार
lokaantar.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक सातासम्म मतदाता भेटघाट गरेर काठमाडौं फर्किएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा–५ आएका ओली तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग साक्षात्कार गरेर फर्किएका हुन्।
निर्वाचन परिचालन कमिटीका कमाण्डर देवेन्द्र दाहालका अनुसार ओलीले गौरादह, कमल र गौरीगञ्ज गाउँपालिकाका टोल–टोलमा पुगेर मतदाताका स्याबासी, गुनासा र समस्या सुनेका छन्। दमक नगरपालिकाका १० वटै वडाका करिब ४० वटा टोलमा फागुन ४ गतेपछि मतदाता भेट्न जाने कार्यक्रम रहेको दाहालले बताए।
Read full story at source (lokaantar.com)