बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार
ratopati.com · Thu Aug 27 16:10:08 GMT 2026

काठमाडौँ। भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते नागरिकको उपचार काठमाडौँ मेडिकल कलेज (केएमसी) दुवाकोट अस्पतालले निःशुल्क गर्ने भएको छ ।
काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीमा परी घाइते भएका बिरामीलाई उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो । विषम परिस्थितिमा घाइतेको उपचारमा सहयोग पुर्याउने उद्देश्यले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा आवश्यक उपचार व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।
Read full story at source (ratopati.com)