व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’
barnanmedia.com · Mon Aug 10 00:04:35 GMT 2026

भोजपुरको षडानन्द नगरपालिका–११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला व्यावसायिक कफीखेतीमा रमाइरहनुभएको छ । परम्परागत खेतीबाट अपेक्षित आम्दानी नभएपछि वैकल्पिक बालीका रूपमा कफी रोज्नुभएका उहाँले अहिले यसैमा भविष्य देख्न थाल्नुभएको छ ।
चौलागाईँले हाल करिब १० रोपनी क्षेत्रफलमा एक हजार बोट अरविका जातको कफी विस्तार गर्नुभएको छ । गत वर्षदेखि व्यावसायिक रूपमा खेती विस्तार गर्नुभएका उहाँले योजनाबद्ध रूपमा उत्पादन बढाउँदै लैजाने बताउनुभयो ।
Read full story at source (barnanmedia.com)