नेतान्याहूले अस्वीकार गरे ट्रम्पको १५बुँदे गाजा शान्ति योजना
lokaantar.com

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गाजाका लागि अघि सारिएको १५बुँदे शान्ति योजनालाई औपचारिक रूपमा अस्वीकार गरेका छन् । हमासले वास्तविकरूपमा आफ्ना हतियार नत्यागेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने नेतान्याहूले स्पष्ट पारेका हुन् ।
गत महिना ट्रम्पको 'बोर्ड अफ पिस' (शान्ति बोर्ड) ले गाजामा हमास र अन्य सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरण गर्ने विषयमा सहमति भएको घोषणा गरेको थियो । यता, हमासले भने इजरायलले सबै प्रकारका आक्रमणहरू अन्त्य गर्ने र आफ्ना सेनालाई गाजाबाट फिर्ता लैजाने सर्तमा मात्रै भारी हतियारहरू बुझाउने प्रतिबद्धता जनाएको छ।
Read full story at source (lokaantar.com)