चारओटा संसदीय समितिको बैठक बस्दै
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न चारओटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। निर्धारित कार्यसूची अनुसार आज पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो।
बैठकको कार्यसूची अनुसार बिहान ९ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुनेछ।
Read full story at source (hamrakura.com)