प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची
nepalviews.com · Mon Aug 10 00:28:47 GMT 2026

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा अपराह्न १ः०० बजे बस्ने बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
Read full story at source (nepalviews.com)