बढ्दै लगानी, फेरिँदै खेलकुद
nagariknews.nagariknetwork.com · Mon Aug 10 00:31:14 GMT 2026
गतिलो खेलमैदानको अभाव, जसका कारण खेलाडी उत्पादन तथा विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्नै सकस। केही वर्ष अघिसम्मको लुम्बिनी प्रदेशभित्रको खेलकुदको यो हालत बिस्तारै फेरिँदै जान थालेको छ। खेल पूर्वाधारमा देखिएको विकासले खेलाडीमा समेत उत्साह वृद्धि भइरहेको छ। केही वर्ष अघिसम्म स्तरीय खेलमैदान नहुँदा लुम्बिनीले अपेक्षित खेल विकास गर्न सकेन। तर पछिल्लो समय राष्ट्रिय स्तरकै खेलकुद प्रतियोगिता आयोजना गर्न सक्ने ल्याकत यो प्रदेशका खेल मैदानले राख्छन्। संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा निजी क्षेत्रको लगानीमा फुटबल, क्रिकेटसँगै इन्डोर तथा एथलेटिक्स खेलका लागि आधुनिक पूर्वाधार निर्माणको क्रम बढ्दो छ। खेल पूर्वाधारमा देखिएको यो बदलावका कारण खेलाडीहरूलाई नियमित प्रशिक्षण, प्रतियोगितामा सहभागिता र क्षमता विकासको अवसर मिलेको छ भने खेल क्षेत्रका नयाँ प्रतिभा पहिचानको अवसरसमेत खुलेको छ।
फुटबलतर्फ दाङको तुलसीपुर उपमहानगरपालिका–१७ स्थित बेलझुन्डी रंगशाला, बाँकेको नेपालगन्जस्थित महेन्द्र रंगशाला तथा रूपन्देहीको बुटवलस्थित एन्फा एकेडेमीको टेक्निकल सेन्टर प्रदेशका प्रमुख खेल पूर्वाधार रहेको लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष अजित राजभण्डारी बताउँछन्। उनका अनुसार दाङ र नेपालगन्जमा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने अवस्था छ। रूपन्देही, दाङ र बाँकेका रंगशालाले राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने क्षमता विकास गरिसकेका छन्। कोहलपुर, बर्दघाट, पाल्पा र बर्दियालगायत क्षेत्रमा स्थानीय सरकारको पहलमा थप स्तरीय फुटबल मैदान निर्माण भइरहेका छन्। बेलझुन्डी रंगशाला फुटबलसँगै एथलेटिक्स प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी निर्माण गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)