फेरि एकपल्ट बार्सिलोना र रियलकै भिडन्त
kendrabindu.com · Mon Aug 10 00:52:18 GMT 2026
म्याड्रिड । विश्वकप २०२६ को चर्चा सेलाउन पाएकै छैन, स्पेनमा ला लिगाको नयाँ सिजन सुरु हुने समय आइसकेको छ । शनिबारदेखि लिग सुरु हुनेछ र फेरि एकपल्ट उपाधि कसले जित्ने छ भन्ने होडमा केन्द्रित हुनेछन्, तिनै बार्सिलोना र रियल म्याड्रिड ।
जहाँ बार्सिलोना लगातार तेस्रो सिजन लिग जित्ने अभियानमा हुनेछ, त्यही रियलका कारण उसलाई रोक्ने हुनेछ । पछिल्लो सिजन बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा तीन चरणको खेल बाँकी छँदै हात पारेको थियो । एल क्लासिकोमा रियललाई २–० ले हराएपछि बार्सिलोनाले नै लिग उपाधि चुम्ने निश्चित भएको थियो । यो लगातार दोस्रो सिजन लिग उपाधि जितेको अवसर मात्र थिएन, २९ औं पल्ट लिग च्याम्पियन भएको घटना पनि थियो ।
Read full story at source (kendrabindu.com)