डा. सुवर्ण गिरीको शैक्षिक यात्रा : गाउँको सरकारी विद्यालयदेखि एमबीबीएसमा पाँच गोल्ड मेडलसम्म
swasthyakhabar.com · Mon Aug 10 00:53:00 GMT 2026

काठमाडौं – तनहुँको ग्रामीण भेगमा जन्मिएका डा. सुवर्ण गिरीले बाल्यकालदेखि नै एउटा सपना बोकेका थिए- डाक्टर बन्ने। आर्थिक अवस्था सहज नभए पनि लक्ष्यप्रतिको दृढता, निरन्तर मेहनत र लगनले उनलाई त्यही सपनाको गन्तव्यसम्म पुर्यायो। छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका उनले महाराजगन्ज मेडिकल क्याम्पसबाट एमबीबीएसमा पाँच वटा गोल्ड मेडल जितेर आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरे।
डा. गिरीको शैक्षिक यात्रा गाउँकै सरकारी विद्यालयबाट सुरु भएको हो। प्राथमिक शिक्षा तनहुँमै पूरा गरेका उनी बुबाको कामका कारण केही समय काठमाडौंमा पढे। पछि बुबा वैदेशिक रोजगारीका लागि विदेश गएपछि उनी आमासँग पोखरा फर्किए र त्यहीँबाट आफ्नो अध्ययनलाई निरन्तरता दिए।
Read full story at source (swasthyakhabar.com)