सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
nagariknews.nagariknetwork.com · Mon Aug 10 00:52:40 GMT 2026

सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन्।
जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-३ तामाखानी र सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्तीसमेत जोखिममा परेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार सोलुदूधकुण्ड नगरपालिका-३ को वडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)