बालुवाटारमा रवि–बालेनबिच ५० मिनेट छलफल
kendrabindu.com · Mon Aug 10 01:11:04 GMT 2026

काठमाडौं । भारत र चीनका राजदूतलाई भेट्न अगाडी प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच करिब ५० मिनेट छलफल भएको हो।
रवि र बालेनबिच पछिल्लो पटक दूरी बढ्न थालेको संकेतमाझ सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्। उनीहरूबीच पार्टी र सरकारबिच समन्वयका विषयमा कुराकानी केन्द्रित भएको रविनिकट एक नेताले जानकारी दिए।
Read full story at source (kendrabindu.com)