जंगलबीच उभिएको इतिहास
nepalnews.com · Mon Aug 10 01:15:53 GMT 2026

सुर्खेत। वीरेन्द्रनगरको चहलपहलबाट केही पर पुगेपछि घना जंगल सुरु हुन्छ। त्यही हरियालीको बीचमा छ– काँक्रेविहार। ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण स्थल।
वीरेन्द्रनगर-९ मा अवस्थित २१ मिटर अग्लो काँक्रेविहार शिखर शैलीमा बनेको छ। १७५ हेक्टरमा फैलिएको काँक्रेविहार क्षेत्रमा बौद्ध र हिन्दु देवताका मूर्तिहरू सँगै रहेकाले धार्मिक सद्भाव बोकेको मन्दिरका रूपमा पनि परिचित छ। बुद्धको जीवनचर्या झल्काउने ढुंगाका कलाकृति यहाँका विशेष आकर्षण हुन्। जंगलको शान्त वातावरण र रमणीय दृश्यका कारण काँक्रेविहार आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।
Read full story at source (nepalnews.com)