निर्मल पुर्जाको शव नेपाल ल्याउन नसकेकोमा पर्वतारोहण संघद्वारा क्षमायाचना
kendrabindu.com · Mon Aug 10 01:31:30 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमपहिरोमा मृत्यु भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल ल्याउने प्रयास असफल भएपछि नेपाल पर्वतारोहण संघले उनको परिवारसँग क्षमायाचना गरेको छ ।
संघका महासचिव राजेन्द्रबहादुर लामाका अनुसार पुर्जाको परिवारको चाहनाअनुसार बेलायतमा अन्तिम संस्कार हुनुअघि केही घण्टाका लागि भए पनि उनको शव काठमाडौं ल्याएर श्रद्धाञ्जली अर्पण गर्ने प्रयास गरिएको थियो । ‘संघमार्फत पत्राचार गरेर परराष्ट्रमन्त्रीलाई भेटी पुर्जाको शव इस्लामावादबाट काठमाडौं ल्याएर केही घण्टा राखी बेलायत पठाउने पहल गरेका थियौं,’ उनले भने, ‘तर विभिन्न कूटनीतिक तथा प्राविधिक प्रयासका बाबजुद त्यो सम्भव हुन सकेन ।’
Read full story at source (kendrabindu.com)