सामुदायिक वन दिवस : अब ‘माल’ जोगाउने बेला
nepalpress.com · Mon Aug 10 01:53:07 GMT 2026

श्रावण २५ नेपालका लागि एउटा सामान्य मिति होइन । यो दिन नेपाली जनताले आफ्नै बल, विश्वास र सहभागिताले वन संरक्षणको इतिहास लेख्न थालेको दिन हो । २०३० साल श्रावण २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा स्थानीय समुदाय र तत्कालीन वन प्रशासनबीच भएको वन संरक्षणसम्बन्धी सहमतिले नेपालमा सामुदायिक वन अभियानको जग बसाल्यो । त्यही ऐतिहासिक आरम्भको सम्मानस्वरूप नेपाल सरकारले हरेक वर्ष श्रावण २५ लाई सामुदायिक वन दिवसका रूपमा मनाउँदै आएको छ ।
आज सामुदायिक वन नेपालको मात्र होइन, विश्वकै सफल जनसहभागितामूलक प्राकृतिक स्रोत व्यवस्थापनको नमुना बनेको छ । उजाड डाँडा पाखालाई हरियालीमा रूपान्तरण गर्ने, जैविक विविधता जोगाउने, स्थानीय लोकतन्त्रलाई संस्थागत गर्ने र लाखौँ नागरिकलाई वन संरक्षणमा प्रत्यक्ष जोड्ने यो अभियानले नेपालको पहिचान विश्वमाझ स्थापित गरेको छ ।
Read full story at source (nepalpress.com)