हर्मुज जलमार्ग खोल्न इरानले अमेरिकासमक्ष राख्यो ५ सर्त
barnanmedia.com · Mon Aug 10 01:54:56 GMT 2026

हर्मुज जलमार्ग खोल्न इरानले अमेरिकासमक्ष ५ सर्त राखेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बागेर जोल्घादरले अमेरिकाले आफ्ना ५ वटा माग पूरा नगरेसम्म हर्मुज स्ट्रेट फेरि नखोलिने बताएका हुन्।
बीबीसी फारसीका अनुसार यी मागमा इरानविरुद्धको प्रतिबन्ध खुकुलो पारिनुपर्ने, युद्धबाट भएको क्षति भर्नुपर्ने, इरानी बन्दरगाहमा गरिएको अमेरिकी नाकाबन्दी तत्काल हटाइनुपर्ने, इरानविरुद्धको धम्की दिन छाड्नुपर्ने र कब्जा गरिएको इरानको सम्पत्ति फिर्ता गरिनुपर्ने छन्।
Read full story at source (barnanmedia.com)