रास्वपा र सरकारबिच शीतयुद्ध
nagariknews.nagariknetwork.com · Mon Aug 10 01:51:37 GMT 2026

प्रतिनिधिसभामा झन्डै दुई तिहाइ सिट (१८२) र ५१ लाख बढी जनमतसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असहमति बढिरहेको भन्ने विषय यतिबेला चर्चामा छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहबिच प्रत्यक्ष रूपमा असहमति बाहिर नदेखिए पनि पछिल्ला घटनाक्रमले आपसी मतभेदको आशंका गर्नेलाई चाहिँ बल पुर्याएको छ।
सरकार एउटै दलको भए पनि ‘दुई दलीय गठबन्धन’ जस्तो देखिन थालेको छ। पुराना दलको विकल्प बन्ने नारा दिएर उदाएको रास्वपाले पाएको विशाल जनादेश आपसी मतभेदका कारण कतै बिच बाटामै अलपत्र पर्ने त होइन भन्ने चिन्ता पनि उब्जिन थालेको छ। सार्वजनिक मञ्चमा नेताहरूबाट बारम्बार दोहोरिने ‘एकताको सन्देश’ले तत्कालका लागि तनाव मत्थर गरे पनि संगठनात्मक संरचना (पदाधिकारी मनोनयन, विधान संशोधन) र नीतिगत दिशामा देखिएको अस्पष्टताले प्रश्न उब्जाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)