‘डल्फिन’ आँधीका कारण सांघाईमा १३०० उडान रद्द, ४ लाख मानिस सारिए
kendrabindu.com · Mon Aug 10 02:08:24 GMT 2026

बेइजिङ । टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि सांघाईका दुई प्रमुख विमानस्थलले आइतबार १ हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन्।
आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन्। आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। ताइवानका केही वायुसेवा कम्पनीले पनि आइतबार चीनतर्फका उडान रद्द गरेका छन्।
Read full story at source (kendrabindu.com)